काठमाडौं । व्यापार संघ कपिलवस्तुले साना तथा घरेलु उद्योग कार्यालयको फर्म नविकरण खुलाउन उद्योगमन्त्री मात्रिका प्रसाद यादवलाई आग्रह गरेको छ । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वको टोलीले उद्योगमन्त्री यादवको कार्यकक्षमा भेटघाट गर्दै घरेलु उद्योगको नविकरण छिटोभन्दा छिटो खुलाइदिन आग्रह गरेका हुन् । पूर्वराज्यमन्त्री ईश्वर दयाल मिश्र, कपिलवस्तु क्षेत्र नं. ३ बाट प्रदेशसभा सदस्य…