चुरामणि अर्याल, जितपुर । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ हरपुरा खोलामा आज दुईवटा टाउकोसहितको मानव कंकाल फेला परेको छ । घटनास्थलबाट दुई जोर चप्पल र दुई थान मोबाइलसमेत फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो । वनमा दाउरा लिन गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको प्रकृति र…