अर्घाखाँची, २५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताएका छन् । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठान सहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको रासससँग…