दिपक अनुरागी, कपिलवस्तु, १३ भाद्र । कपिलवस्तु नगरपालिकाले एक होटेलमा नगरसभा गरेको छ । भौतीक संरचनामा जिल्लाका अरु नगरपालिका भन्दा बलियो र नेपालको दोस्रो पुरानो नगरपालिकाको रुपमा चिनिने कपिलवस्तु नगरपालिकाले तौलिहवाको एक सुविधा सम्पन्न होटेलमा नगरसभा आयोजना गरेको हो । नगरपालिका भित्र रहेको झण्डै हजार जना अटाउन सक्ने सभाहल नगरसभा गर्नका लागि आफैलाई उत्तम भएन…